अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३९ | Colorodo: 07:54

इजरायलमा केयरगिभरका लागि तीन हजार ४६१ जनाको आवेदन सदर

बिआरटीनेपाल २०८१ साउन २१ गते ६:१० मा प्रकाशित

वैदेशिक रोजगार विभागले इजरायलमा सहायक कामदार (केयरगिभर) का लागि आवेदन दिएकाहरूमध्ये तीन हजार ४६१ जनाको आवेदन सदर भएको छ । केयरगिभरका लागि आवेदन दिएका चार हजार २४ जनामध्ये तीन हजार ४६१ जनाको मात्रै आवेदन सदर भएको हो । जसमा एक हजार ८६३ पुरुष र एक हजार ५९८ महिला रहेका छन् । आवेदन दिएकाहरूमध्ये ३२१ जनाको आवेदन रद्द गरिएको विभागले जनाएको छ । त्यस्तै २४२ जनाको आवेदन कागजात नपुगी फिर्ता पठाइएको छ । विभागले ती आवेदनहरू सदर गरेसँगै इजरायलको सरकारी निकाय पीबालाई नेमचेकका लागि पठाएको छ । पीबाले नेमचेकको नतिजा पठाउनेछ र उसले पठाएको नेमचेकमा पर्ने उम्मेदवारहरूलाई मात्रै इजरायल सरकारको लट्री प्रोग्राममा समावेश गराउने विभागले जनाएको छ ।

इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा काम गर्नका लागि दुई हजार सहायक कामदार ९केयरगिभर० माग गरेको थियो । त्यसका लागि चार हजार २४ जनाले आवेदन दिएका थिए । जसमा एक हजार मुख्य उम्मेदवार तथा एक हजार वैकल्पिक उम्मेदवार हुनेछन् । त्यसमा ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुष कामदार लैजाने इजरायलको नीति छ । इजरायलमा कामदार पठाइदिने भनी विभिन्न निकाय तथा व्यक्तिहरूले अनधिकृत रूपमा रकम असुल गर्ने गरेको जानकारी आएको भन्दै विभागले सचेत गराएको छ । त्यस्ता भ्रममा नपर्न र कसैले त्यसरी पैसा लिइरहेको सूचना पाएको खण्डमा विभागमा खबर गर्न समेत अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू