अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२८ | Colorodo: 23:43

बस दुर्घटनामा बेपत्ताको खोजी कार्यलाई तीव्रता दिन प्रधानमन्त्रीकाे निर्देशन

बिआरटीनेपाल २०८१ असार ३१ गते ७:०३ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चितवनको सिमलतालमा बस दुर्घटनापछि बेपत्ता भएका यात्रुको खोजी कार्यलाई तीव्रता दिन निर्देशन दिनुभएको छ ।

उहाँले आज तीन वटै सुरक्षा निकायका प्रमुखलाई आफ्नो निजी निवास खुमलटारमा बोलाएर खोजी तीव्र बनाउन निर्देशन दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सिमलताललगायत देशभरका दुर्घटनामा जोखिम मोलेर खोज, राहत र उद्धारमा संलग्न सुरक्षाकर्मीलाई प्रधानमन्त्री प्रचण्डले धन्यवाद दिनुभएको छ ।

राजनीतिक परिस्थिति जेजस्तो भए पनि देशको स्थायी सरकारका रूपमा रहेको कर्मचारीतन्त्र र सुरक्षा निकायलाई अविचलित तथा अविछिन्न रूपमा नागरिककाे सेवामा लागिपर्न उहाँले आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू