अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३२ | Colorodo: 06:47

ईपीएसमार्फत कोरिया जाने कामदारको हवाई उडानका लागि बोलपत्र आह्वान

बिआरटीनेपाल २०८१ असार २८ गते ७:५१ मा प्रकाशित

रोजगारपत्र अनुमति प्रणाली ९ईपीएस० मार्फत दक्षिण कोरिया जाने नेपाली कामदारको हवाई उडानका लागि बोलपत्र आह्वान गरिएको छ । वैदेशिक रोजगार विभाग अन्तर्गत ईपीएस कोरिया शाखाले काठमाडौंदेखि कोरियाको सिओलसम्म हवाई उडानका लागि बोलपत्र आह्वान गरेको हो । हाल कोरियन एयरलायन्सले एकल रूपमा ईपीएस मार्फत कोरिया जाने नेपाली श्रमिकहरूलाई लग्दै आएको छ । कोरियन एयरसँग गरिएको एक वर्षे सम्झौता सकिन लागेपछि बोलपत्र आह्वान गरिएको हो ।

आगामी आर्थिक वर्ष २०८१/०८२ देखि एक वर्षसम्म सिओलसम्म कामदार पुर्याउनको लागि बोलपत्र आह्वान गरिएको हो । विद्युतीय माध्यमबाट बोलपत्र आह्वान गरेको ईपीएस कोरिया शाखाले ३१ दिने सूचना सार्वजनिक गरेको छ । बोलपत्र वापतको शुल्कको लागि २० हजार रूपैयाँ दस्तुर तोकिएको छ । त्यसका लागि तीन करोड ८५ लाख रूपैयाँको धरौटी रकम माग गरिएको छ ।

आवेदन दिँदा सीधा उडानको हवाई भाडादर र ट्रान्जिट उडानको भाडादर बराबर हुन आएमा सीधा उडानलाई प्राथमिकता दिइने शाखाले जनाएको छ । एचआरडी कोरियाबाट उडान तालिकाका लागि नामावली प्राप्त भएका व्यक्तिहरूलाई सम्झौता दरमा नबढ्नेगरी हवाई टिकट ९खानासहित० उपलब्ध गराउनुपर्नेछ । हाल कोरियन एयरलायन्सले ८९५ अमेरिकी डलरमा काठमाडौंदेखि सिओलसम्म सिधा उडानमार्फत कामदार पुर्याउँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय