अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१३ | Colorodo: 18:28

युरोपियन फुटबल च्याम्पियनसिपको सेमिफाइनल आजबाट हुँदै

बिआरटीनेपाल २०८१ असार २६ गते ६:१९ मा प्रकाशित

युरोपियन च्याम्पियनसिप फुटबलको सेमिफाइनल खेल आजबाट सुरु हुँदैछन् ।पहिलो सेमिफाइनल खेलमा आज राती स्पेन र फ्रान्स भिड्नेछन् । खेल जर्मनीको म्युनिखमा नेपाली समय अनुसार राती पौने एक बजे सुरु हुनेछ ।

क्वार्टरफाइनलमा आयोजक जर्मनीलाई अतिरिक्त समयमा २–१ ले हराउँदै स्पेन सेमिफाइनलमा पुगेको हो । फ्रान्सले भने क्वार्टरफाइनलमा पोर्चुगललाई पेनाल्टी सुट आउटमा ५–३ ले हराएको थियो । स्पेन र फ्रान्सबिचको आजको खेल विजेताले फाइनलमा इंग्ल्याण्ड वा नेदरल्याण्ड्समध्ये एक टोलीसँग खेल्नेछ । दोस्रो सेमिफाइनल खेल बुधबार राती डटर्मण्डमा हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू