अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३१ | Colorodo: 10:46

राष्ट्रिय राजनीतिमा महत्वपूर्ण भूमिका खेलेका छौं, अब नयाँ शिराबाट अघि बढ्नुपर्छ : माधव नेपाल

बिआरटीनेपाल २०८१ असार १२ गते ६:३४ मा प्रकाशित

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले राष्ट्रिय राजनीतिमा आफ्नो पार्टीले महत्त्वपूर्ण भूमिका खेलेको दाबी गर्नुभएको छ । राष्ट्रिय जनसांस्कृतिक महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै समाजवादी कार्यक्रम व्यवस्थित गरेर अगाडि सार्ने पहिलो पार्टी आफ्नो भएको जिकिर गर्नुभयो। नेपालले भन्नुभयो, ‘राष्ट्रिय राजनीतिमा हामीले खेलेको भूमिकाप्रति गौरव गर्नुपर्छ। राष्ट्रिय राजनीतिका सबै शक्तिहरूलाई हामीले राम्रोसँग चिनेको छौँ। हामीले समाजवादी क्रान्तिको कार्यक्रमलाई अगाडि सारेको छ। अरू पार्टीले यस्तो कार्यक्रम ल्याएका छैनन्।’

उहाँले समाजवादी मोर्चालाई नयाँ शिराबाट अगाडि बढाउन छलफल भइरहेको बताउनुभयो। नेपालले भन्नुभयो, ‘विभिन्न कम्युनिष्ट पार्टीहरूसँग हाम्रो संवाद भइरहेको छ। समाजवादी मोर्चा बनाउँदै अघि बढेका छौँ। आजै पनि विभिन्न समूहसँग कुरा भएको छ। नयाँ शिराबाट त्यसलाई अगाडि बढाउनुपर्छ। देशभरिको समाजवादी शक्तिहरूलाई गोलबन्द गर्नुपर्छ।’

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू