अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३१ | Colorodo: 10:46

अर्थ मन्त्रालयका ५ सहसचिवको जिम्मेवारी हेरफेर

बिआरटीनेपाल २०८१ असार १२ गते ६:३२ मा प्रकाशित

अर्थ मन्त्रालयले ५ जना सहसचिवको जिम्मेवारी हेरफेर गरेको छ। मन्त्रालयका सहसचिव नरेन्द्र रानालाई बजेट महाशाखा प्रमुखको जिम्मेवारी तोकिएको छ। सहसचिव रामप्रसाद आचार्यलाई प्रशासन महाशाखा प्रमुख, नारायण सापकोटा र सुशीला अर्यालललाई महालेखा नियन्त्रकको कार्यालयमा जिम्मेवारी दिइएको छ। सहसचिव रामकुमार महतोलाई भने भन्सार विभागको उपमहानिर्देशकको जिम्मेवारी दिइएको छ।

अर्थ मन्त्रालयका दुई सहसचिवलाई आइतबार मात्रै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गराएको थियो। अन्तस्शुल्क स्टिकरको छपाइ सम्बन्धी निर्णयमा मुख्यसचिव बैकुन्ठ अर्यालसहित तत्कालिन आन्तरिक राजस्व विभागका महानिर्देशक रितेश शाक्‍य र उपमहानिर्देशक टंक पाण्डे लगायत १२ जनाविरुद्ध अख्तियारले मुद्दा दर्ता गरेको छ।

शाक्य अर्थ मन्त्रालयको बजेट महाशाखा प्रमुखको जिम्मेवारीमा थिए भने पाण्डे भन्सार विभागको उपमहानिर्देशकको जिम्मेवारीमा हुनुहुन्थ्यो । महालेखा नियन्त्रकको कार्यालयमा जिम्मेवारी पाएकी अर्याल एक साता अघि मात्रै किताबखानाबाट अर्थ मन्त्रालयमा सरूवा हुनुभएको थियो । अर्थ मन्त्रायमा जिम्मेवारी नतोकिएको तीन सहसिचवको जिम्मेवारी तोकिदा सहसचिव टोकराज पाण्डेलाई भने विभागबिहिन बनाइएको छ। उहाँ यसअघि प्रशासन महाशाखा प्रमुख हुनुहुन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू