अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:२५ | Colorodo: 10:40

माइतीघर मण्डलाको झण्डावाला पोलमा चढेकी महिलालाई प्रहरीले डेढ घण्टापछि गर्‍यो उद्धार

बिआरटीनेपाल २०८१ असार १२ गते ६:२० मा प्रकाशित

काठमाडौंको माइतीघर मण्डलामा रहेको ​झण्डावाला पोलमा चढेकी महिलालाई प्रहरीले डेढ घण्टापछि उद्धार गरेको छ । न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावल गिरीलाई प्रहरीको टोलीले मंगलवार करिब २ बजेतिर उद्धार गरेको हो । उनी डेढ घण्टाअघि माइतीघर मण्डलाको झण्डावाला पोलमा चढेकी थिइन् ।

मंगलवार दिउँसो साढे १२ बजेदेखि उनी झण्डा राखेको पोलमा चढेकी थिइन् । आरतीलाई तल झार्न प्रहरीलाई हम्मे–हम्मे परेको थियो । झण्डा फेर्नका लागि पोलमा राखिएको भर्‍याङको सहायतामा उनी माथि चढेकी हुन् । तल झर्न अटेर गरेपछि प्रहरीले उनलाई पोलमै डोरीले बाँधेर राखेको थियो ।विगतमा पनि उनले सर्वोच्च अदालत परिसरमा विष सेवन गरेर आत्महत्या प्रयास गरेकी थिइन् ।

गत चैतमा सर्वोच्चका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा मुद्दाको बहस चल्दै गर्दा उनले विष सेवन गरेकी हुन् । लगत्तै अदालत प्रशासनले उनलाई उपचारका लागि वीर अस्पताल पठाएको थियो । बलात्कारको आरोप लगाउँदै उनले श्रीमान् भुवनविरुद्ध मुद्दा दायर गरेकी छिन् । न्यायाधीश भुवन यो प्रकरणमा दोषी ठहर भइसकेका छन् । पत्नी आरतीले आवश्यक क्षर्तिपूर्तिको पनि माग गर्दै आएकी हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू