अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:२१ | Colorodo: 10:36

बजेट राम्रो भएकाले पास भयो – एमाले अध्यक्ष ओली

बिआरटीनेपाल २०८१ असार १२ गते ६:१० मा प्रकाशित

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेट राम्रो भएकाले पास भएको बताउनुभएको छ । मङ्गलवार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीको प्रश्नमा ओलीले आगामी आर्थिक वर्षको बजेट राम्रो भएकैले सदनबाट बहुमतले पास भएको बताउनुभएको हो ।

प्रधानमन्त्रीले मन्त्रीहरूले नै आफूखुसी बजेट राखेको भन्ने गुनासो गर्नुभएको छ नि भन्ने प्रश्नमा ओलीले आफूले त्यस्तो नसुनेको जिकिर गर्नुभयो । मङ्गलवार प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्षको बजेट पारित भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू