अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२३ | Colorodo: 18:38

युरो कप फुटबल : आज राति स्पेन र अल्बानिया तथा इटाली र क्रोएशिया खेल्दै

बिआरटीनेपाल २०८१ असार ११ गते ६:५१ मा प्रकाशित

युरो कप फुटबलमा आज राति दुई वटा खेल हुँदैछन् । डुसेलडर्फमा राति पौने १ बजे समूह ‘बी’ का स्पेन र अल्बानिया खेल्दैछन् । स्पेन २ खेलमा ४ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । स्पेन अन्तिम १६ मा पुगिसकेको छ । अल्बानिया २ खेलमा १ अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ । अल्बानिया अन्तिम १६ मा पुग्ने सम्भावना निकै कम छ ।

यस्तै राति पौने १ बजे नै लाइपजिगमा यही समूहको इटाली र क्रोएशिया खेल्दैछन् । इटाली २ खेलमा ३ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । स्पेन अन्तिम १६ मा पुग्ने सम्भावना बलियो छ । क्रोएशिया २ खेलमा १ अङ्कसहित पुछारमा छ । क्रोएशिया अन्तिम १६ मा पुग्ने सम्भावना निकै कम छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू