अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:५८ | Colorodo: 10:13

हजयात्रामा ज्यान गुमाउने तीर्थालुकाे सङ्ख्या १३ सय नाघ्यो

बिआरटीनेपाल २०८१ असार ११ गते ६:१६ मा प्रकाशित

साउदी अरबमा हजयात्राका क्रममा ज्यान गुमाउने तीर्थालुको सङ्ख्या एक हजार तीन सय एक जना पुगेको छ । चर्को गर्मी र लामो दूरीको पैदल यात्राका कारण हजयात्रीको ज्यान गएको साउदी अरब सरकारले पुष्टि गरेको बीबीसीले जनाएको छ ।साउदी अधिकारीका अनुसार विभिन्न देशबाट हजका लागि साउदी अरब गएकामध्ये धेरै आधिकारिक अनुमति नलिएका अनधिकृत तीर्थयात्रीले ज्यान गुमाएका छन् । त्यहाँको स्वास्थ्य मन्त्रालयले झन्डै पाँच लाख जना तीर्थालुको उपचार गरेको जनाएको छ । गर्मीका कारण अझै धेरै बिरामी अस्पतालमा उपचाररत छन् ।

हजलाई सुरक्षित बनाउन नसकेको भन्दै साउदी अरबको आलोचना भएको छ । साउदी अरबको राष्ट्रिय मौसम विज्ञान केन्द्रका अनुसार मक्काको तापक्रम ५१ दशमलव ८ डिग्री सेल्सियससम्म पुगेको छ । मृतकमध्ये सबैभन्दा धेरै छ सय ५८ जना इजिप्टका नागरिक भएको बताइएको छ । इन्डोनेसियाले आफ्ना दुई सयभन्दा बढी नागरिकको ज्यान गएको बताएको छ भने भारतले ९८ जनाको ज्यान गएको जनाएको छ । पाकिस्तान, मलेसिया, जोर्डन, इरान, सेनेगल, सुडानले पनि आफ्ना नागरिकको मृत्यु भएको बताएका छन् । हजका लागि यस वर्ष झन्डै १८ लाख जना मानिस मक्का मदिना पुगेको साउदी अरबले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू