अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:१६ | Colorodo: 09:31

युरोकप फुटबलमा आज तीन वटा खेल हुँदै

बिआरटीनेपाल २०८१ असार ८ गते ७:३४ मा प्रकाशित

युरोकप फुटबलमा आज तीन वटा खेल हुँदैछन् । आज बेलुका पौने ७ बजे स्लोभाकिया र युक्रेन खेल्दैछन् । राति पौने १० बजे पोल्यान्ड र अस्ट्रिया तथा पौने १ बजे नेदरल्यान्ड्स र फ्रान्स खेल्दैछन् ।

यसअघि गए रातिको खेलले इटालीलाई हराउँदै स्पेन अन्तिम १६ मा पुगेको छ । स्पेनले इटालीलाई  १–० गोलले हराएको हो । योसँगै स्पेनको २ खेलमा ६ अङ्क भएको छ भने इटालीको २ खेलमा ३ अङ्क मात्र भएको छ ।

यस्तै युरो कप २०२४ को आफ्नो दोस्रो खेलमा इङ्ल्यान्ड र डेनमार्कले १–१ गोलको बराबरी खेले । अर्को खेलमा सर्बिया र स्लोभेनियाले पनि १–१ को बराबरी खेलेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू