अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५१ | Colorodo: 04:06

प्रचण्ड, ओली र रविबीच सिंहदरबारमा छलफल

बिआरटीनेपाल २०८१ असार ७ गते ७:१९ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी ओली र गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेबीच सिंहदरबारमा भेटवार्ता भएको छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार उहाँहरुबीच पछिल्लो समसामयिक राजनीतिबारे छलफल भएको हो । संकटग्रस्त सहकारी संस्थाहरूमध्ये केहीको बचत रकम अपचलनमा गृहमन्त्री लामिछानेसमेत संलग्न रहेको भनी परेको मुद्दामाथि भोलि शुक्रबार सर्वोच्च अदालतमा पेशी छ । यसअघि बुधबार पेशी रहेकोमा राजनीतिक चासो समेतका कारण ढिलाइ भएको चर्चाबीच तीन नेताहरूबीच छलफल चलिरहेको हो ।

बिहीबार दिउँसो प्रधानमन्त्रीले संसद्‌मा बोल्दा ओली लगायत शीर्ष नेता अनुपस्थित रहेकामा प्रचण्डले दुःखमनाउ गर्नुभएको थियो । पछिल्ला दिनमा बजेटलगायत विषयमा प्रधानमन्त्री र प्रमुख सत्तासाझेदार एमालेका अध्यक्ष ओलीबीच तिक्तता बढ्दै गएको विश्लेषण भइरहेका छन् । ओलीले सरकारी कदमको आलोचना गर्दा प्रधानमन्त्रीले त्यसको बचाउ गर्दै सामान्य पार्न खोज्नुभएको थियो ।

प्रतिक्रिया