अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:११ | Colorodo: 10:26

टी–२० विश्वकप : आज भारत र अफगानिस्तान खेल्दै

बिआरटीनेपाल २०८१ असार ७ गते ६:३७ मा प्रकाशित

आईसीसी टी–२० विश्वकपको दोस्रो चरणको खेलमा आज समूह ‘ए’ का भारत र अफगानिस्तान खेल्दैछन् । बारबाडोसमा रहेको  केनसिंगटन ओभल मैदानमा हुने यो खेल नेपाली समयअनुसार राति सवा ८  बजे शुरु हुनेछ ।

भारत समुह चरणमा ४ खेलमा ३ जित र एक खेल बर्षाले रद्द भएपछि समूह ‘ए’ मा शीर्ष स्थानमा रहँदै दोस्रो चरणमा पुगेको हो । त्यस्तै अफगानिस्तानले समूह चरणमा ४ मध्ये ३ खेलमा जित र एक खेलमा हार बेहोरेर समूह ‘सी’ मा दोस्रो हुँदै अर्को चरणमा पुगेको हो । यो  समूहमा बङ्गलादेश र अस्ट्रेलिया पनि रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू