अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:३२ | Colorodo: 17:47

कांग्रेसले बोलायो संसदीय दलको बैठक

बिआरटीनेपाल २०८१ असार ६ गते ६:०३ मा प्रकाशित

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । कांग्रेसले संघीय संसद् भवनको ल्होत्से हलमा असार ७ गते दिउँसो ३ बजे दलको बैठक बोलाएको हो ।

त्यसअघि दिउँसो २ बजे संसदीय दलका नेता शेरबहादुर देउवाको कार्यकक्षमा दलको कार्यसमितिको बैठक बस्ने छ । प्रमुख सचेतक रमेश लेखकले बैठकमा बजेट लगायतका विषयमा छलफल हुने जानकारी दिनुभयो । संसदीय दलको बैठक सोही दिन ३ बजे बस्ने गरी बोलाइएको कांग्रेसले जनाएको छ ।

संसदीय दल कार्यसमितिको बैठक संघीय संसद भवनमा रहेको कांग्रेस संसदीय दलका नेता शेरबहादर देउवाको कार्यकक्षमा बस्नेछ भने संसदीय दलको बैठक संसद भवनमा रहेको लोत्से हलमा बस्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू