अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३४ | Colorodo: 10:49

हार्दिक पाण्ड्यालाई पछि पार्दै दीपेन्द्रसिंह ऐरी पुगे अलराउन्डरको छैठौँ नम्बरमा

बिआरटीनेपाल २०८१ असार ६ गते ५:५२ मा प्रकाशित

नेपालका दीपेन्द्रसिँह ऐरी आईसीसी टी–२० अन्तर्राष्ट्रियतर्फ अलराउन्डरको वरियतामा छैठौँ स्थानमा पुगेका छन् । यसअघि नवौँ स्थानमा रहेका दीपेन्द्र अहिले छैठौँ स्थानमा पुगेका हुन । दीपेन्द्र अब भारतका अलराउन्डर हार्दिक पाण्ड्याभन्दा पनि अघि पुगेका छन् । टी–२० अन्तर्राष्ट्रियको अलराउन्डर वरियतामा अन्तर्राष्ट्रियका मार्कस स्टोइनिस शीर्ष स्थानमा छन् ।

यस्तै ब्याटिङ वरियतामा पनि पाँच स्थान सुधार गरेर ऐरी ४६औँ स्थानमा पुगेका छन् । टी–२० को बलिङ वरियतामा पनि दीपेन्द्रले २७ स्थान सुधार गरेर ९६ स्थानमा पुगेका छन् । दीपेन्द्रभन्दा अघि नेपालका सोमपाल कामी आठ स्थान सुधार गरेर ९१ औँ स्थानमा पुगेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू