अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:१८ | Colorodo: 09:33

विश्वका ९० प्रतिशत परमाणु हतियार अमेरिका र रुससँग

बिआरटीनेपाल २०८१ असार ५ गते ७:१६ मा प्रकाशित

विश्वभर भएका परमाणु हतियारको ९० प्रतिशत हतियार अमेरिका र रुससँग भएको पाइएको छ । स्विडेनको थिङ्क ट्याङ्क स्टकहोम इन्टरनेशनल पिस रिसर्च इन्स्टिच्युटका अनुसार विश्वका नौ वटा परमाणु शक्ति सम्पन्न देशहरूसँग भएका हतियारको ९० प्रतिशत हतियार अमेरिका र रुससँग रहेका छन् ।पछिल्लो समय रुसले आफ्नो परमाणु हतियारलाई आधुनिक बनाउँदै लगेको पनि रिपोर्टलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । यसैबीच परमाणु हतियारको सङ्ख्यामा भारतले पाकिस्तानलाई उछिनेको छ । सन् २०२३ को शुरुमा भारतसँग १ सय ६४ वटा परमाणु हतियार रहेकोमा अहिले १ सय ७२ वटा पुगेका छन् । जबकि पाकिस्तानसँग गएकाे वर्ष १ सय ७० वटा रहेकोमा यस वर्ष अहिलेसम्म बढेको छैन ।

यस्तै चीनले पनि परमाणु हतियारको उत्पादन र विस्तार बढाएको छ । सन् २०२३ मा चीनसँग ४ सय १० परमाणु हतियार रहेकोमा यस वर्षको अहिलेसम्म बढेर ५ सय वटा पुगेका खबरमा उल्लेख छ । अमेरिका, रुस, बेलायत, फ्रान्स, चीन, भारत, पाकिस्तान, उत्तर कोरिया र इजरायलमा परमाणु हतियार रहेका छन् । धेरै देशले सन् २०२३ मा नयाँ परमाणु क्षमता भएका प्रणालीहरू उत्पादन गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू