अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१४ | Colorodo: 19:29

युराे कपमा आज तीन वटा खेल, बेलुकी पाैने ७ बजे राेमानिया र युक्रेन खेल्दै

बिआरटीनेपाल २०८१ असार ४ गते ७:२६ मा प्रकाशित

यूईएफए युरो कप फुटबलमा आज राति तीन वटा खेल हुँदैछन् । पहिलो खेलमा समूह ‘ई’ का रोमानिया र युक्रेन खेल्दैछन् । यो खेल बेलुकी पौने ७ बजे म्युनिखमा रहेको अलिनाज एरिनामा हुनेछ । यस्तै दोस्रो खेलमा समूह ‘ई’ कै बेल्जियम र स्लोभाकिया खेल्दैछन् । यो खेल राति पौने १० बजे फ्र्याङ्कफर्ट स्टेडियममा हुनेछ । यस्तै अर्काे खेलमा अस्ट्रिया र फ्रान्स खेल्दैछन् । यो खेल राति पौने १ बजे मेरकुर स्पेल एरिनामा हुनेछ ।

गएको शुक्रवारदेखि शुरु भएको १७ औँ संस्करणको प्रतियोगिता आउँदो जुलाई १५ तारिखसम्म चल्नेछ । प्रतियोगितामा २४ वटा टोलीलाई ६ वटा समूहमा विभाजन गरिएको छ । प्रतियोगिताभरि १० वटा रङ्गशालामा खेल खेलाइनेछ । फाइनेल खेल बर्लिनको ओलम्पिक स्टेडियममा हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू