अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:११ | Colorodo: 10:26

युक्रेन शिखर सम्मेलनमा पुटिनको शान्ति सर्तको आलोचना

बिआरटीनेपाल २०८१ असार ३ गते ५:४८ मा प्रकाशित

इटाली र जर्मनीका नेताले युक्रेनमा युद्ध रोक्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले राखेको युद्धविरामका सर्तलाई आलोचना गरेका छन् ।यसअघि पुटिनले युक्रेनसँगको युद्ध रोक्न युक्रेनले डोनेट्स्क, लुहानस्क, खेरसन र जापोरिजियाबाट आफ्ना सेना फिर्ता लिनुपर्ने र युक्रेन नेटोमा सामेल नहुने ग्यारेन्टी गरे युद्ध रोकेर शान्ति वार्ता गर्न रुस तयार रहेको बताउनुभएको थियो ।स्विट्जरल्याण्डमा दुई दिने शिखर सम्मेलनका क्रममा द्वन्द्व अन्त्य गर्न शीर्ष नेता भेला भएका छन् । छलफलमा इटालीका प्रधानमन्त्री जर्जिया मेलोनीले रुसी राष्ट्रपतिको योजनालाई ‘प्रचार’ को संज्ञा दिनुभयो । जर्मन चान्सलर ओलाफ स्कोल्जले पुटिनको कदम तानाशाही शान्ति भन्दै टिप्पणी गर्नुभयो ।

बेलायतका प्रधानमन्त्री ऋषि सुनकले रुसलाई हतियार आपूर्तिमा सहयोग गर्ने देश इतिहासको गलत पक्षमा उभिएको दाबी गर्नुभयो ।युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका चिफ अफ स्टाफ एन्ड्री येर्माकले स्विस सम्मेलनमा स्वतन्त्रता, सार्वभौमसत्ता वा क्षेत्रीय अखण्डतामा कुनै सम्झौता नहुने बताउनुभएको छ । कार्यक्रममा ९० वटाभन्दा धेरै देश र विश्व संस्था सहभागी छन् । तर सम्मेलनमा रुस सहभागी छैन । रुसको प्रमुख सहयोगी देश चीनको पनि उपस्थिति छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू