अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३५ | Colorodo: 09:50

कोसी पर्यटन वर्ष–२०८२ मनाउने घोषणा

बिआरटीनेपाल २०८१ असार २ गते ६:१२ मा प्रकाशित

कोसी प्रदेश सरकारले वि.सं. २०८२ साललाई पर्यटन वर्ष मनाउने घोषणा गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले शनिबार प्रदेशसभामा आउँदो आर्थिक वर्षको बजेट पेस गर्दै पर्यटन विकास र पर्यटक आकर्षक गर्न पर्यटन वर्ष मनाउने घोषणा गरे । समग्र पर्यटन विकास र प्रचार गर्दै भारतीय तथा तेस्रो देशका पर्यटक आकर्षित गर्ने उद्देश्यसहित पर्यटन वर्ष मनाउने घोषणा गरिएको हो ।

स्थानीय तथा प्रादेशिक आय बढाउन कार्यक्रम गरिने र यसका निम्ति १० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । महाकुम्भ मेलास्थल चतरालाई कुम्भनगरी निर्माण गर्ने, राधाकृष्ण रथयात्राका लागि बजेट विनियोजन गरिएको उहाँले जानकारी गराउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू