अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२३ | Colorodo: 16:38

ओलीको असन्तुष्टि – देश विकासका लागि सरकारमा गएका हौँ, त्यही नभएपछि कसरी सन्तुष्ट हुने ?

बिआरटीनेपाल २०८१ असार २ गते ५:४१ मा प्रकाशित

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले विकासका काममा आवश्यक ध्यान दिन नसकेको बताउनुभएको छ । शनिबार संसद भवनस्थित ल्होत्से हलमा बसेको संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो ।अध्यक्ष ओलीले एमाले देशलाई गरिबीतिर जानबाट रोकेर विकास गर्न सरकारमा गएको तर विकास नै नभएपछि सन्तोष जनाउने ठाउँ नरहेको बताउनुभयो । एक/दुई जनाको मुख हेरेर सरकारमा छँदै छाँै भनेर नहुने उहाँको भनाइ थियो ।

अध्यक्ष ओलीले नेकपा एमालेले चलाइरहेको मन्त्रालयको स्थिति, मन्त्रालयमा बजेट विनियोजन कस्तो छ भन्नेकुराको समीक्षा गर्न जरुरी रहेको बताउनुभयो । उहाँले मन्त्रालयगत बजेट विनियोजनका बारेमा खुलेर छलफल गर्न आग्रह गर्नुभयो । उहाँले ठिक ठाउँको छलफल, सुझाव, निर्णयबाट मात्रै स्थितिमा परिवर्तन ल्यानउ सकिने बताउनुभयो ।

अध्यक्ष ओलीले नेकपा एमाले प्रतिक्रियावादी शक्तिहरु जसरी विचार, नीति, उद्देश्य शुन्य, स्वार्थका थैलाहरु बोकेर हिँड्ने पार्टी नभएको बताउनुभयो । उहाँले स्वार्थका थैलाहरु भर्नका लागि अशिष्टता, असभ्यता, अमर्यदा, अलोकतान्त्रिक तरिकाहरु अवलम्वन गर्ने काममा एमाले नलाग्ने बताउनुभयो । उहाँले प्रतिक्रियावादीहरुले नेकपा एमालेबिरुद्ध दिनदिनै नयाँनयाँ अकल्पनिय कुराहरु आविष्कार गरी समाजमा भ्रम पैदा गरिरहेको बताउनुभयो ।

अध्यक्ष ओलीले नेकपा एमालेका बिरोधी प्रतिक्रियावादीहरुले देश अगाडि नबढोस् भन्ने चाहने गरेको बताउनुभयो । उहाँले नेकपा एमाले देश बाउने संकल्प, दृढता र अठोटमा रहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू