अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:२५ | Colorodo: 10:40

तनहुँको व्यास नगरपालिकामा मतगणना पुनः स्थगित

बिआरटीनेपाल २०८१ असार १ गते ९:२३ मा प्रकाशित

तनहुँको व्यास नगरपालिकामा मेयरका लागि भएको चुनावको मतगणना पुनः स्थगित भएको छ । मतगणना पर्सि असार २ गतेका लागि तय भएको थियो । मेयर वैकुण्ठ न्यौपानेले मतदान रोक्न दिएको रिटअनुसार मतदान स्थगित गरेको उच्च अदालत पोखराका सह–रजिस्ट्रार विश्व पौडेलले जानकारी दिनुभयो ।

मेयरमा पराजित दीपकराज जोशीको रिटमा उच्च अदालतले गएको जेठ १ गते व्यासको मतगणना पुनः गर्ने आदेश गरेको थियो । त्यसविरुद्ध मेयर न्यौपाने सर्वाेच्च अदालत जानुभएको थियो । उहाँको रिट सर्वाेच्चमा हेर्न नभ्याइनेमा परेपछि मेयर न्यौपानेले पुनः मतदान रोक्न माग गर्दै उच्च अदालत पोखरामै निवेदन दिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू