अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१८ | Colorodo: 10:33

सुनको मूल्य स्थिर

बिआरटीनेपाल २०८१ जेठ ३१ गते ६:०० मा प्रकाशित

नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर छ । यस दिन छापावाल सुन प्रतितोला एक लाख ४१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाल सुन बुधबार पनि यही मूल्यमा कारोबार भएको थियो ।

तेजाबी सुन प्रतितोला एक लाख ४० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेर कारोबार भइरहेको छ । चाँदी प्रतितोला एक हजार ८१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू