अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०६ | Colorodo: 09:21

शेयर बजार ३३ अङ्कभन्दा धेरैले बढेर २१ सय विन्दुमाथि, साढे ५ अर्ब रुपैयाँको कारोबार

बिआरटीनेपाल २०८१ जेठ २९ गते ५:५३ मा प्रकाशित

शेयर बजार परिसूचक नेप्से आज दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३३ दशमलव १५ अङ्कले बढेर २ हजार १ सय १५ दशमलव २४ विन्दुमा पुगेको छ ।आज सबै समूहको शेयर बढेकोमा बीमा, हाइड्रोपावर, व्यापार, विकास बैंक, माइक्रोफाइनान्स, फाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज वरुण हाइड्रोपावर, ग्रीन भेन्चर्स, कुथेली बुखारी हाइड्रोपावर र भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन साम्लिङ पावर कम्पनीको शेयर भने साढे ५ प्रतिशतभन्दा धेरैले घटेको छ ।

आज ३ सय ११ वटा कम्पनीका १ करोड २६ लाख कित्ता शेयर ५ अर्ब ५५ करोड रुपैयाँमा कारोबार भएको छ । आज सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीको ३६ करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू