अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:४७ | Colorodo: 13:02

एमाले हिँडेकाे सिद्धान्त नै गलत: अध्यक्ष नेपाल

बिआरटीनेपाल २०८१ जेठ २७ गते ६:३० मा प्रकाशित

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमालेले जनताको बहुदलीय जनवाद (जबज)लाई मार्गदर्शक सिद्धान्त मान्नु गलत भएको टिप्पणी गर्नुभएको छ । अध्यक्ष नेपालले एमालेको आठौँ र नवौँ महाधिवेशनले जबजलाई मार्गदर्शक सिद्धान्त भनेर पारित गरेकाले त्यसैलाई मानेर हिँडेको भनेर केपी ओलीलाई दोष दिन भने नहुने बताउनुभयो ।

आइतबार काठमाडौँमा आयोजित ‘नेपालमा समाजवादी क्रान्ति’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै उहाँ ले समाजवादी युगमा जबजलाई मार्गदर्शक सिद्धान्त भन्न नमिल्ने र यसको औचित्य समाप्त भयो भनेर भन्न पनि नमिल्ने तर्क गर्नुभयो। अध्यक्ष नेपालले पार्टीले समाजवादी विचारधारा अघि सारेको दाबीसमेत गर्नुभएको छ। उहाँले आफ्नो पार्टीले वामपन्थी शक्तिहरुलाई एकताबद्ध बनाएर लैजाने बताउनुभयो।

अध्यक्ष नेपालले भन्नुभयो, ‘हिजो नवौं महाधिवेशनले पनि धेरै गलत कुराहरु अगाडि सार्‍यो। जनताको बहुदलीय जनवादी (जबज) लाई मार्गदर्शक सिद्धान्त भनेर अनि त्यही मार्गदर्शक सिद्धान्तमा अहिले केपी ओली चलिरहेका छन्। अब केपी ओलीलाई के दोष दिनुरु महाधिवेशनले नै पास गरिसकेपछि उनलाई दोष दिने कुरा पनि भएन। त्यसो हुनाले त्यही बेलामा गलत विचार अघि सारिएको थियो। तर हामीले मार्ग दर्शक सिद्धान्त भन्ने पनि होइन, त्यसको औचित्य समाप्त भयो भन्ने पनि सकिँदैन।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू