अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५० | Colorodo: 18:05

आइसिसी टी-२० विश्वकपको खेलमा डिभाइन वाइनले १ डट बल बराबर १० वटा बिरुवा धरानमा रोप्ने

बिआरटीनेपाल २०८१ जेठ २६ गते ८:३६ मा प्रकाशित

धरान । श्री महाकाली वाइनको प्रमुख उत्पादन डिभाइन वाइनले जेठ १९ देखि सुरु भइरहेको आइसिसी टी-२० विश्वकप क्रिकेट २०२४ अन्तर्गत नेपालका खेलहरूमा खसेको प्रत्येक डट बलमा १० वटा बिरुवाहरू रोप्ने बताएको छ ।

खेलकुदलाई प्रकृतिसँग सहकार्य गराउने उद्धेश्यले यो निर्णय गरिएको हो । सुरुवाती चरणमा नेपालले ४ वटा खेलहरू खेल्ने छन् । जसमा पहिलो खेल नेदरल्याण्ड , दोस्रो श्रीलङ्का, तेस्रो साउथ अफ्रिका र चौथोमा बङ्गलादेशसँग खेल्नेछन् । यी प्रत्येक खेलमा खसेको डट बलमा हरेक बल बराबर १० वटा बिरुवाहरू रोपिने कम्पनीले जनाएको छ ।

सोही निर्णय अन्तर्गत रहेर जेठ २२ गते हुने पहिलो खेल नेपाल र नेदरल्याड बिचको खेलमा खसेको डट बलहरूको आधारमा आएको सङ्ख्या बराबरको बिरुवाहरू श्रम संस्कृतिको प्रणेता तथा धरानमा बिरुवा रोप्ने अभियानमा लागेका धरान उपमहानगरपालिकाको मेयर हर्क साम्पाङ्ग राईको अभियानलाई प्रदान गरिने छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू