अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५२ | Colorodo: 19:07

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा राजीनामा

बिआरटीनेपाल २०८१ जेठ २३ गते ८:०६ मा प्रकाशित

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पदबाट राजीनामा दिनुभएको छ । हालै सम्पन्न लोकसभा निर्वाचनमा भारतीय जनता पार्टीले बहुमत गुमाएपछि प्रधानमन्त्री मोदीले आज राष्ट्रपति द्रोपदी मुर्मु समक्ष राजीनामा बुझाउनु भएको हो । राजीनामा अघि बसेको मन्त्रिपरिषद्को अन्तिम बैठकमा चुनावी परिणामबारे समीक्षा भएको बताइएको छ । आफ्नो सरकारले विगत दश वर्षमा सकेसम्म राम्रो काम गर्न खोजेको र अब पनि सुधारका कामलाई निरन्तरता दिने बताउनुभएको भारतीय संचार माध्यमहरुले बताएका छन् ।

प्रधानमन्त्री मोदीको दल भाजपाले बहुमत गुमाए पनि भाजपा नेतृत्वको गठबन्धनले भने सरकार गठनका लागि आवश्यक पर्ने सहज बहुमत हासिल गरेको छ । मोदी नै तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्ने बताइएको छ । लोकसभाका कुल ५ सय ४३ सिट मध्ये भाजपाले २४० सिट जितेको छ भने गठबन्धनले २९३ सिट जितेको छ । यस्तै भारतीय राष्ट्रिय कांग्रेसले ९९ सिटमा जित हात पारेको छ भने कांग्रेस आई नेतृत्वको गठबन्धनले २३१ सिट जितेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू