अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५३ | Colorodo: 19:08

काठमाडौंका मेयर बालेनसँग एमाले अध्यक्ष ओली आक्रोशित

बिआरटीनेपाल २०८१ जेठ २१ गते ५:५१ मा प्रकाशित

ंनेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गिरीबन्धु प्रकरणका विषयमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले लगाएको आरोपका कारण आक्रोशित हुन्भएको छ । बालेनले सोमबार बिहान सामाजिक सञ्जालमा गिरीबन्धु टी स्टेट प्रकरणमा १० हजार करोड रुपैयाँको अपचलन रोक्न एमाले अध्यक्ष ओलीले न्युरोडमा सडक टालेर ध्यान मोड्न खोजेको आरोप लगाउनुभएको थियो। बालेनको सो आरोपका कारण ओलीको रिसको पारो चढेको हो।

सोमबार संसद् भवन परिसरमा गिरीबन्धु टी–स्टेटको बारे सञ्चारकर्मीले सोधेको प्रश्नमा ओलीले बालेनलाई सोध्नू भन्दै आक्रोश व्यक्त गर्नुभयो। गिरीबन्धु सम्बन्धमा पत्रकारले राखेको जिज्ञासामा ओलीले भन्नुभयो– बालेनलाई सोध्नू। यस विषयमा उहाँले थप बोल्नुभएन । बालेनले सामाजिक सञ्जालमा गिरीबन्धुसँग जोडेर ओलीमाथि गम्भीर आरोप लगाएपछि यसबारे सामाजिक सञ्जालमा बहस भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू