अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५० | Colorodo: 00:05

कृषिमा ५७ अर्ब २९ करोड रुपैयाँ बजेट, मृग पाल्नेदेखि गाँजा खुला गर्नेसम्मका कार्यक्रम

बिआरटीनेपाल २०८१ जेठ १५ गते ४:५५ मा प्रकाशित

आउँदो आर्थिक वर्षका लागि सरकारले कृषि क्षेत्रकाे विकासका लागि ५७ अर्ब २९ करोड रुपैयाँ विनियोजन गरेको छ । बजेटमा सरकारले गाँजाखेतीका लागि कानुन बनाउने उल्लेख गरेको छ ।यस्तै सरकारले आउँदो आर्थिक वर्षमा चार वटा हिमाली जिल्लामा कस्तुरी मृग पालनका लागि व्यावसायिक फर्म स्थापना गर्ने घोषणा गरेको छ । बजेट भाषण गर्दै अर्थमन्त्री वर्षमान पुनले निजी क्षेत्र र स्थानीय समुदायको सहभागितामा मुस्ताङ, म्याग्दी, गोरखा र धादिङको हिमाली जिल्लामा कस्तुरी मृग पालनका लागि व्यावसायिक फर्म स्थापना गर्ने घोषणा गर्नुभएको हो ।

यसैगरी सरकारले कृषिमा २०८१ देखि २०९१ सालसम्म कृषिमा लगानी दशक घोषणा गरेको छ । यस्तै सामूहिक खेती गर्न सरकारी जग्गा लिजमा उपलब्ध गराउने कुरा बजेटमा उल्लेख छ । व्यावसायिक रूपमा सामूहिक खेती, पशुपक्षी पालन, जडीबुटीको खेती गर्ने व्यक्ति, फर्म वा सहकारीलाई ब्याजमा अनुदान र मेशिनरी आयातमा कर छुट दिने बजेटमा उल्लेख छ । प्रधानमन्त्री आधुनिकीकरण परियोजनाका लागि २ अर्ब ९८ करोड रुपैयाँ विनियोजन भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू