अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०७ | Colorodo: 23:22

गम्भीर प्रकृतिका रोगमा प्रतिबिरामी एक लाख उपलब्ध गराउन तीन अर्ब विनियोजन

बिआरटीनेपाल २०८१ जेठ १५ गते ४:४४ मा प्रकाशित

सरकारले गम्भीर प्रकृतिका रोगको उपचारका लागि प्रतिबिरामी एक लाख रुपैयाँ उपलब्ध गराउन तीन अर्ब रुपैयाँ विनियोजन गरेको छ । आर्थिक वर्ष २०८१/०८२ बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले उक्त जानकारी गराउनुभएको हो । मन्त्री पुनले भन्नुभयो, ‘विपन्न नागरिकलाई मुटु, क्यान्सर, मृगौला, अल्जाइमर, पार्किन्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी तथा सिकलसेल इनिमिया रोगमा उपचार सहुलियतका लागि प्रतिबिरामी एक लाख रुपैयाँ उपलब्ध गराउन तीन अर्ब रुपैयाँ विनियोजन गरेको छु ।’

आधारभूत स्वास्थ्य सेवा केन्द्र र आधारभूत अस्पतालबाट ९८ प्रकारका औषधि तथा खोप र प्रजनन स्वास्थ्य सामग्री उपलब्ध गराउन एक अर्ब ४३ करोड विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो । अर्थमन्त्री पुनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि ८६ अर्ब २४ करोड विनियोजन भएको पनि जानकारी गराउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू