अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२३ | Colorodo: 19:38

४५ जनाको मृत्युप्रति इजरायली प्रधानमन्त्रीको टिप्पणी– दुःखद घटना, विश्वव्यापी आलोचना

बिआरटीनेपाल २०८१ जेठ १५ गते ३:१२ मा प्रकाशित

गाजाको रफाह क्षेत्रमा ४५ जनाको ज्यान जाने गरी इजरायली पक्षबाट शरणार्थी शिविरमा गरिएको आक्रमणलाई इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले ‘दुःखद घटना’ भनी टिप्पणी गर्नुभएको छ । इजरायलले गएको आइतबार रफाहको शरणार्थी शिविरमा आक्रमण गरेको थियो । घटनापछि अन्तर्राष्ट्रिय समुदायबाट नेतान्याहूले आलोचनाको सामना गर्नुपरेको थियो ।

नेतान्याहूले भन्नुभयो , “रफाह क्षेत्रबाट १० लाख मानिसलाई सुरक्षित निकालिएको छ । नागरिकलाई नोक्सान नपुर्‍याउने हाम्रो प्रयास रहन्छ । तर, एउटा घटना भएको छ, त्यसको हामी जाँच गरिरहेका छौँ र त्यसबाट हामी सिक्नेछौँ ।” यसैबीच, रफाहमा गरिएको पछिल्लो आक्रमणपछि संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को बैठक मंगलबार  बस्ने जनाइएको छ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले त्यहाँ आक्रमण रोक्न आग्रह गर्नुभएको छ ।

यस्तै, फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोनले गाजा क्षेत्रमा युद्धविराम गर्न आग्रह गर्नुभएको छ । जर्मनीको विदेश मन्त्रालयले पनि गाजामा गरिएको पछिल्लो आक्रमणबाट अपूरणीय क्षति भएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू