अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५३ | Colorodo: 19:08

दोस्रो विश्वयुद्धमा डुबेको अमेरिकी पनडुब्बीको भग्नावशेष ८० वर्षपछि भेटियाे

बिआरटीनेपाल २०८१ जेठ १५ गते ३:०५ मा प्रकाशित

अमेरिकाको सबैभन्दा प्रसिद्ध पनडुब्बी मध्येको एक युएसएस हार्डरको भग्नावशेष ८० वर्षपछि दक्षिण चीन सागरमा फेला परेको छ । यो दोस्रो विश्वयुद्धमा २९ अगस्ट १९४४ मा विपक्षीले गरेको  आक्रमणमा डुबेको थियो । यसमा रहेका ७९ जना चालक दलका सदस्य सबैको ज्यान गएको थियो । फिलिपिन्सको लुजोन टापुबाट ३ हजार फिट तल पनडुब्बीको भग्नावशेष फेला परेको बीबीसीले जनाएको छ  ।

आक्रमण भएको र डुबेको ८० वर्ष भइसक्दा पनि पनडुब्बीको अधिकांश भाग जोडिएकै अवस्थामा रहेको खबरमा उल्लेख छ । डुब्नुअघि अमेरिकाले यो पनडुब्बीलाई जापानी सेनाको कब्जामा रहेको फिलिपिन्सलाई फिर्ता लिन प्रयोग गरिरहेको थियो । यो अमेरिकी पनडुब्बीले  दोस्रो विश्वयुद्धमा सबैभन्दा धेरै जापानी युद्धपोत डुबाएको बताइएको छ । हराएको ५२ प्रोजेक्ट अन्तर्गत युएसएस हार्डर फेला परेको छ । अरु ५१ वटाको पनि खोजी भइरहेको खबरमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू