अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०२ | Colorodo: 20:17

इजरायलको हवाई आक्रमणमा शरणार्थी शिविरका ५० प्यालेस्टेनीको ज्यान गयो

बिआरटीनेपाल २०८१ जेठ १४ गते ६:३८ मा प्रकाशित

इजरायलले गाजाको रफाह नजिकैको शरणार्थी शिविरमा आक्रमणमा गर्दा त्यहाँ रहेका ५० जना प्यालेस्टेनीको ज्यान गएको छ । अरु धेरै घाइते भएका बीबीसीले जनाएको छ । विस्थापित प्यालेस्टिनीले शरण लिँदै आएको रफाहको उत्तर–पश्चिममा रहेको शिविरमा इजरायलले अहिलेसम्मकै सबैभन्दा लामो दुरीको हवाई आक्रमण गरेको विद्रोही समूह हमासले बताएको छ ।

ज्यान गुमाउनेमा धेरै महिला र बालबालिका छन् । संयुक्त राष्ट्रसङ्घकाअनुसार रफाहबाट ८ लाखभन्दा बढी प्यालेस्टिनी विस्थापित भएका छन् । गएको अक्टोबर यता भएको इजरायली आक्रमणका कारण अहिलेसम्म झण्डै ३६ हजार प्यालेस्टेनी नागरिकले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू