अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४० | Colorodo: 19:55

पपुवा न्यु गिनी पहिराे : २ हजार जनाभन्दा धेरै मानिस बेपत्ता भएकाे पुष्टि

बिआरटीनेपाल २०८१ जेठ १४ गते ६:२६ मा प्रकाशित

पपुवा न्यु गिनीले गएको शुक्रवारको पहिरोमा परेर दुई हजार जनाभन्दा धेरै मानिस बेपत्ता भएका जनाएको छ । बेपत्ता हुने मानिसको सङ्ख्याबारे फरक–फरक विवरण सार्वजनिक भइरहेका बेला पपुवा न्यु गिनी सरकारले नै संयुक्त राष्ट्र सङ्घलाई पहिराेमा परि दुई हजार जनाभन्दा धेरै मानिस बेपत्ता भएका जनाएको हो ।समाचार संस्था एएफपीका अनुसार सरकारले संयुक्त राष्ट्र सङ्घलाई बेपत्ता भएकाहरूको सङ्ख्याबारे जानकारी गराउँदै भयानक सङ्कटको सामना गर्न सहायता माग गरेको छ । राष्ट्रिय विपद् केन्द्रले राजधानी पोर्ट मोर्सबीमा पत्रकार सम्मेलन गरेर अहिलेको घटना इतिहासकै ठूलो घटना भएको जनाएको छ ।

गएको शुक्रवार एङ्गा प्रान्तमा एउटा पहाडमा रहेको पूरै गाउँलाई नै पहिरोले बगाएको छ । पहिराेका कारण ११ सय वटा घर भत्किएका छन् भने एक सय ५० वटा घर नदेखिने गरी पुरिएका छन् ।रातको समयमा आएको पहिरोले दुई हजार जनाभन्दा धेरैलाई बगाएको र पूरेको शङ्का छ । अहिले पनि पहिरो गइरहेकाले खोजी प्रभावित भएको छ । अब धेरैलाई जीवितै भेटाउन सक्ने सम्भावना कम रहेको पनि पपुवा न्यु गिनी सरकारले जनाएको छ । पपुवा न्यु गिनीले मित्र देश र साझेदारहरूलाई आफ्नो देशमा सहायता र सहयोगको अपिल गरिदिन पनि आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू