अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०० | Colorodo: 23:15

२४ वर्षपछि फ्रान्सका राष्ट्रपति जर्मनीको राजकीय भ्रमणमा

बिआरटीनेपाल २०८१ जेठ १३ गते ७:४५ मा प्रकाशित

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोन तीन दिने राजकीय भ्रमणका लागि जर्मनी पुग्नुभएको छ । २४ वर्षदेखि फ्रान्सका राष्ट्रपतिले जर्मनीको भ्रमण नगरेकोमा अहिले म्याक्रोनको राजकीय भ्रमणलाई युरोप मात्रै नभई संसारका धेरै देशले महत्वका साथ हेरेका रोयटर्सले जनाएको छ ।

आउँदो महिना हुने युरोपेली संघको संसदीय चुनावअघि युरोपेली संघका दुई ठूला देशबीचको यो भ्रमणको ठूलै महत्व रहेको खबरमा उल्लेख छ । इजरायलले गाजामा गरिरहेको हमला, युक्रेन युद्ध, उर्जा सङ्कट, अमेरिकामा आउँदो नोभेम्बर महिनामा हुने राष्ट्रपतीय चुनाव लगायतका विषय चर्चामा रहेको बेला फ्रान्स र जर्मनीको मित्रताले ठूलो अर्थ राख्छ ।

जर्मनी र फ्रान्सबीच धेरै विषयमा तनाव रहेको बेलामा भएको यो भ्रमणले तनाव कम गर्ने अपेक्षा छ । रक्षा, आणविक उर्जा, विद्युतमा अनुदानलगायतका विषयमा जर्मनी र फ्रान्सको विवादले युरोपेली युनियनको काममै प्रभाव पार्दै आएको छ । परमाणु हतियार भएको राष्ट्र फ्रान्सले रक्षा मामिलामा युरोप आत्मनिर्भर हुनपर्ने बताउँदै आएको छ । जर्मनीले अमरिकाबाट खरिद गर्न लागेको हवाइ प्रतिरक्षा प्रणालीको फ्रान्सले विरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू