अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०१ | Colorodo: 19:16

पपुवा न्यूगिनीमा एउटै पहिरोमा परी झण्डै ६ सय ७० जनाको ज्यान गएको अनुमान

बिआरटीनेपाल २०८१ जेठ १३ गते ७:४५ मा प्रकाशित

संयुक्त संयुक्त राष्ट्रसंघले पपुवा न्युगिनीमा गाउँ नै बग्ने गरी गएको पहिरोमा परी झन्डै ६ सय ७० जनाको ज्यान गएको अनुमान गरेको छ । आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठनका पपुवा न्युगिनीका प्रमुख सेरहान ओक्टोप्राकले गएको शुक्रवार एन्गा प्रान्तमा गएको पहिरो पहिरोले अकल्पनीय क्षति निम्त्याएको र छ सय ७० जनाको ज्यान गएको हुनसक्ने बताउनुभएको छ ।

बीबीसीकाअनुसार ११ सय वटा घर पहिरोले बगाएकोमा एक सय ५० वटा घर नदेखिने गरी पुरिएका छन् । अहिले पनि पूरै गाउँ बगिरहेकोले उद्धारमा कठिनाई भइरहेको छ । पानी पर्न शुरु भएकाले पहिरोको जोखिम अझै बढेको र उद्वारमा बाधा आउन सक्ने स्थानीय प्रशासनलाई उद्धृत  गर्दै बीबीसीले जनाएको छ ।

पहिरोले बगाएको गाउँमा चार हजार जना मानिस बस्थे । राहत र उद्वारमा संलग्न संस्था अष्ट्रेलिया केयरका प्रवक्ताले पहिरोमा परेर ज्यान गुमाउनेको सङ्ख्या कसैलाई पनि थाहा नभएको बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू