अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४४ | Colorodo: 19:59

३ करोड ८५ लाखको कोकिनसहित विदेशी महिला पक्राउ

बिआरटीनेपाल २०८१ जेठ १३ गते ६:०५ मा प्रकाशित

दुबईबाट आएकी कंगोकी एकजना महिलालाई प्रहरीले १ केजी १०१ ग्राम कोकिन सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा कङ्गो घर भएकी ४९ वर्षीय अपुला इकुसु म्बोङ्गो छिन् ।

उनको साथबाट बरामद कोकिनको मूल्य ३ करोड ८५ लाख हुने लागुऔषध नियन्त्रण ब्युरोका एसपी रामेश्वर कार्कीले जानकारी दिनुभयो । जेठ ४ मा दुबईबाट काठमाडौँ ओर्लिएपछि ब्युरोको टोलीले उनलाई पिछा गरेको थियो ।

ठमेलस्थित एक होटलबाट पक्राउ गरेर उनको साथबाट ५८ पोका कोकिन बरामद गरिएको एसपी कार्कीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू