अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४७ | Colorodo: 23:02

सिटीलाई हराउँदै युनाइटेडले जित्यो एफए कपको उपाधि

बिआरटीनेपाल २०८१ जेठ १३ गते ५:५६ मा प्रकाशित

एफए कप फुटबलको उपाधि म्यानचेस्टर युनाइटेडले जितेको छ । गए राति वेम्बलीमा भएको फाइनल खेलमा म्यानचेस्टर सिटीलाई २–१ ले हराउँदै युनाइटेडले उपाधि जितेको हो ।

युनाइटेडका एलेजान्ड्रो गर्नाचो र कोबी माइनोले गोल गरे । गर्नाचोले खेलको ३० औँ र माइनोले ३९ औँ मिनेटमा गोल गरेका हुन् । सिटीका लागि जेरेमी डोकुले एक गोल फर्काए । उनले खेलको ८७ औँ मिनेटमा गोल गरे ।

अघिल्लो सिजन सिटीले युनाइटेडलाई २–१ गोलले नै हराएर उपाधि जितेको थियो । सिटी यो सिजनकाे प्रिमियर लिग च्याम्पियन टोली हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू