अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५१ | Colorodo: 20:06

राष्ट्रपति पौडेलसमक्ष महालेखापरीक्षकको ६१ औं वार्षिक प्रतिवेदन पेश

बिआरटीनेपाल २०८१ जेठ १३ गते ५:४५ मा प्रकाशित

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखापरीक्षकको ६१ औं वार्षिक प्रतिवेदन पेश गरिएको छ। राष्ट्रपति पौडेलसमक्ष महालेखापरीक्षक तोयम रायले राष्ट्रपति भवन शीतल निवासमा आइतबार आयोजित कार्यक्रममा प्रतिवेदन पेश गर्नुभएको हो । उक्त अवसरमा राष्ट्रपति पौडेलले महालेखापरीक्षकको काममा बढोत्तरी हुँदै गइरहेको सन्दर्भमा सरकारी सम्पत्तिको सही सदुपयोग भएरनभएको र अनियमितता वा हानी(नोक्सानी भएरनभएको विषयमा अझै गहन रूपले परीक्षण हुने विश्वास व्यक्त गर्नुभयो।

उहाँले प्रतिवेदनमा उजागर भएका विषयले सम्बन्धित निकाय र सरोकारवालामा आर्थिक कार्यविधि एवम् वित्तीय उत्तरदायित्व प्रति सजग गराउने उल्लेख गर्नुभयो । साथै उहाँले महालेखापरीक्षकलाई संविधान र कानुनले दिएको अधिकार र जिम्मेवारीको परिपालनाबाट मुलुकमा आर्थिक एवम् वित्तीय जवाफदेहिता, पारदर्शीता एवम् निष्ठा अभिवृद्धि गर्न योगदान पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू