अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४७ | Colorodo: 20:02

सरकार पेलेरै जान्छ भने कांग्रेस सहेर बस्न सक्दैनः कृष्ण सिटौला

बिआरटीनेपाल २०८१ जेठ १३ गते ५:१८ मा प्रकाशित

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रतिपक्षले जनताको आवाज उठाउँदा सरकारले पेलेर जाने भए कांग्रेसले चुनौती सामना गर्न तयार रहेको बताउनुभएको छ । आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सरकारले जनताको हितमा काम गर्नुपर्ने र प्रतिपक्षले जनताका आवाज उठाउनुपर्ने बताउनुभयो। सिटौलाले जनताका हितमा काम नगर्ने सरकार र जनताका आवाज नउठाउने प्रतिपक्ष छिट्टै सकिने जिकिर गर्नुभयो।

उहाँले प्रतिपक्षले जनतालाई संविधानले दिएको अधिकारको कुरा संसदमा निरन्तर उठाउनुपर्ने उल्लेख गर्नुभयो। सिटौलाले कांग्रेससहितका प्रतिपक्ष दलहरुले संसदमा उठाएका आवाजलाई सरकारले नजरअन्दाज गरे उक्त प्रवृत्तिलाई सामना गर्न कांग्रेस तयार रहेको बताउनुभयो। सरकार पेलेर जाने हो भने कांग्रेस सहेर नबस्ने उनले चेतावनी दिनुभयो। उहाँले आमजनतालाई अन्याय भएको कुरा कांग्रेसले उठाएको बताउनुभयो।

सिटौलाले भन्नुभयो,‘सरकारले जनताको हितमा काम गर्नुपर्छ। संविधानले जनतालाई दिएको हकहरुलाई प्रचलनमा ल्याउनुपर्छ। जनतालाई संविधानले दिएको अधिकारको कुरा प्रतिपक्षले संसदमा निरन्तर उठाउनुपर्छ। प्रतिपक्षले कुरा उठाएन प्रतिपक्ष सिद्धियो। सरकारले जनताको हितमा काम गरेन, सरकार सिद्धियो। प्रतिपक्षमा नेपाली कांग्रेसबाहेकका केही दलहरु पनि छन्। प्रतिपक्षले संसदमा जनताका आवाज उठाइरहेको छ। आवाज बुलन्द गरेको छ। सरकारले यसलाई छिटै गम्भीरतापूर्वक लिएर अघि बढ्नुपर्छ। सरकार पेलेरै जान खोज्छ भने हामीले त्यो चुनौतीलाई सामना गर्नेछौँ। हामीले भनेका पनि छौँ, सरकार साँच्चै यसै ढंगले गइराख्ने हो भने काँग्रेस तयार छ। कांग्रेस सहेर त बस्न सक्दैन।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू