अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०६ | Colorodo: 20:21

भारत र पाकिस्तानका विभिन्न ठाउँमा तातो हावाको लहरले जनजीवन प्रभावित

बिआरटीनेपाल २०८१ जेठ १३ गते ५:०८ मा प्रकाशित

भारत र पाकिस्तानमा विभिन्न ठाउँमा तातो हावाको लहरले जनजीवन कष्टकर भएको छ । हिजो भारतको राजस्थान राज्यको बरमर शहरको तापक्रम ४८ दशमलव ८ डिग्री सेल्सियस पुग्यो । उत्तर भारतका धेरै ठाउँको तापक्रम ४५ डिग्री सेल्सियसभन्दा माथि पुगेको मौसम विभागका अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ ।

दिल्लीमा एक हप्ताभर अधिकतम तापक्रम ४५ देखि ४६ डिग्री सेल्सियसमा रहेको छ । पाकिस्तानमा पनि पन्जाब र सिन्ध प्रान्तमा तातो लहरका कारण अवस्था खराब रहेको अधिकारीहरूले बताएका छन् । पाकिस्तानका कतिपय ठाउँमा अधिकतम तापक्रम ५० डिग्रीको आसपासमा पुगेको छ ।

भारतको मौसम विभागले तातो हावाको लहर आउँदो बुधवारसम्म जारी रहन सक्ने जनाएको छ । चिसो बनाउनका लागि ऊर्जा खपत बढ्दा बिजुली आपूर्तिमा समेत समस्या आएको छ । भारत र पाकिस्तानका अस्पतालहरूमा गर्मीका कारण हुने बिरामीको सङ्ख्या बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू