अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५७ | Colorodo: 19:12

प्रधानमन्त्री प्रचण्ड र काँग्रेस सभापति देउवाबीच वार्ता – क्राँग्रेसको अडान यथावत

बिआरटीनेपाल २०८१ जेठ १३ गते ५:०६ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच भेट भएको छ । आइतवार बिहान सभापति देउवाको निजी निवास बुढानीलकण्ठमा भेट भएको हो । सभापति देउवाको आग्रहमा प्रधानमन्त्री प्रचण्ड बुढानीलकण्ठ पुग्नुभएको काँग्रेस सांसद जीवन परियारले बताउनुभयो । उहाँले बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि बोलाएको तर प्रधानमन्त्री मात्रै बैठकमा सहभागी हुनुभएको बताउनुभयो ।

भेटमा प्रचण्डर देउवाबीच वान टु वान वार्ता समेत भएको छ । वार्ताबारे काँग्रेस सभापति देउवाले दलका नेताहरुलाई नबताएको र अहिलेको गतिरोध अन्त्य गर्ने बारेमा नै छलफल भएको हुनुपर्ने सांसद परियारले बताउनुभयो । उहाँले भेटमा सहकारीको रकम अपचलनसम्बन्धी उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाम नै किटान गरेर जानुपर्ने अडान काँग्रेसले राखेको पनि बताउनुभयो । सांसद परियारले प्रधानमन्त्री सहकारी प्रकरणबारे छानबिन समिति गठन गर्न र अहिलेको गतिरोध हटाउन सकारात्मक देखिनुभएको बताउनुभयो । शीर्ष दलका नेताहरुको बैठक आइतवार साँझ वा सोमवार बिहान पुनः बसेर निस्कर्षमा पुग्ने बताउनुभयो ।

सांसद परियारले भन्नुभयो, ‘बैठकमा प्रधानमन्त्री मात्रै आउनुभयो । उहाँहरुको छुट्टै बैठक भयो, जसमा हामी थिएनौँ । अहिलेको कार्यदलले निस्कर्षमा पु¥याउन नसकेको विषय विगत लामो समयदेखि हामीले संसदमा उठाइरहेको विषय उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने संलग्न रहेको गोरखा मिडिया नेटवर्कको प्रवन्ध निर्देशक हुँदा विभिन्न सहकारीबाट रकमहरु गोरखा मिडिया नेटवर्कमा प्राप्त भएको र उक्त रकम अपचलन भएको भन्नेबारेमा नेपाली काँग्रेसले उठाइरहेको विषय हो संसदमा । यो विषयमा छानबिन समिति बनाउने कुरा र कार्यदलमा सहमति जुट्न नसकेको अवस्थामा यसलाई कसरी टुंग्याउन सकिन्छ भन्नेबारेमा प्रधानमन्त्रीजी गम्भीर रहेको हामीले पाएका छौँ । प्रधानमन्त्रीज्युले सम्भव भएसम्म यसलाई अझै छलफल गरेर आज बेलुका वा भोलि बिहानसम्म बसेर टुंग्याउनेमा सरकारको भनाइ छ ।’

सांसद परियारले सत्ता पक्ष छानबिन गर्ने गरी सही रुपमा अझै प्रस्तुत नभएकोआरोप समेत लगाउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू