अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१९ | Colorodo: 19:34

सत्ता गठबन्धनले देखाएको रवैया निरंकुशताउन्मुख : गगन थापा

बिआरटीनेपाल २०८१ जेठ १३ गते ५:०१ मा प्रकाशित

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सत्ता गठबन्धनले देखाएको रवैया निरंकुशताउन्मुख रहेको बताउनुभएको छ । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताउनुभएको हो ।

महामन्त्री थापाले सत्ता गठजोडले देखाएको रवैया निरंकुशताउन्मुख र अनुदारवादी रहेको बताउनुभयो । उहाँले अहिलेको रवैयाले प्राप्त गरेको उपलब्धि गुमाउने खतरा कायम रहेको बताउनुभयो । उहाँले प्रेस स्वतन्ता भनेकै प्रजातन्त्र रहेको भन्दै प्रेसलाई अंकुश लगाउने काम गर्न नहुने बताउनुभयो । उहाँले प्रतिपक्षलाई संसदमा नियन्त्रण र बाहिर प्रश्नलाई नियन्त्रण गर्ने राम्रो नरहेको बताउनुभयो । महामन्त्री थापाले नेपाली काँग्रेसले अहिले लिएको अडान आम सर्वसाधारण नागरिसँग जोडिएको बताउनुभयो ।

महामन्त्री थापाले सरकारलाई झक्झक्याउने समय आएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू