अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५५ | Colorodo: 20:10

नीति तथा कार्यक्रम पारित गर्ने सरकारको तयारी

बिआरटीनेपाल २०८१ जेठ १२ गते ७:११ मा प्रकाशित

प्रतिनिधिसभाको आईतवार बस्ने बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरिएको छ । आइतबार बिहान ११ बजे बस्ने बैठकका लागि महासचिव पद्मप्रसाद पाण्डेले १४ वटा कार्यसूची सार्वजनिक गर्नुभएको छ । आईतवार सरकारको नीति तथा कार्यक्रम पारित गर्ने सरकारको तयारी छ । आईतवार नै छलफल थालनी गरेर उठेको प्रश्नमा जवाफ दिने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

तर, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारी ठगीमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको भन्दै छानबिन समिति बनाउन माग गर्दै सदन अवरोध गर्दै आएको छ । समिति बनाउने विषयमा दुवै पक्ष तयार भए पनि कार्यादेश टुंगिन सकेको छैन । शुक्रबार पनि सरकारको नीति तथा कार्यक्रम पारित गर्ने सरकारको तयारी थियो । तर, कांग्रेससँगको वार्ता सकारात्मक नभएपछि आईतवार सम्मलाई सारिएको हो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू