अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१८ | Colorodo: 19:33

इरानी रक्षामन्त्रीसहित ९ वटा संस्थामाथि ईयूको प्रतिबन्ध

बिआरटीनेपाल २०८१ जेठ १२ गते ६:३९ मा प्रकाशित

युरोपियन युनियन ईयूमा आबद्ध देशका सरकारहरूले रुसलाई ड्रोन आपूर्ति गरेकोमा इरानका रक्षामन्त्री मोहम्मद रेजा अष्टियानीलगायत ९ वटा संस्थामाथि प्रतिबन्ध लगाएका छन् । रुसले युक्रेनविरुद्धको युद्धमा इरानबाट प्राप्त ड्रोन प्रयोग गरिरहेको छ । युरोपेली संघमा आबद्ध देशका राजदूतहरूबिचको ‘कोरिपर’ सम्झौतालाई आउँदो सोमबार ईयूका विदेशमन्त्रीहरूको बैठकले अनुमोदन गरेपछि सार्वजनिक गरिने जनाइएको छ ।

इरानका मानवरहित हवाई सवारी (युएभी) उत्पादन गर्ने ९ वटा संस्थाहरूलाई प्रतिबन्ध गलाउने विषयमा सम्झौतामा समावेश गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । योसँगै इरानका रक्षामन्त्री मोहम्मद रेजा अष्टियानीलाई पनि प्रतिबन्धको सूचीमा राखिएको छ । उहाँको यात्रामा प्रतिबन्ध, व्यक्ति र संस्थाको सम्पत्ति जफत गर्ने र सूचीबद्ध व्यक्ति तथा संस्थाहरूलाई आर्थिक स्रोत उपलब्ध गराउनेहरूलाई पनि प्रतिबन्धमा समावेश गर्ने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू