अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४३ | Colorodo: 19:58

कांग्रेसको अवरोध हटाउँछौँ, संसद्लाई बन्धक बन्न दिँदैनौँ: उपाध्यक्ष पौडेल

बिआरटीनेपाल २०८१ जेठ १२ गते ६:३० मा प्रकाशित

नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले कांग्रेसको अवरोध हटाएर संसद्लाई अगाडि बढाउने बताउनुभएको छ । नेकपा (एमाले) चितवनको ११ औँ अधिवेशनलाई उद्घाटन गर्दै पौडेलले यस्तो दाबी गर्नुभएको हो। कांग्रेसले संसद्को बहुमतलाई बन्धक बनाएको भन्दै उहाँले त्यसलाई पन्छाएर अगाडि बढ्ने बताउनुभयो।

‘कांग्रेसले बहुमतलाई बन्धक बनाएको छ। संसद्मा अलोकतन्त्रको हद देखायो। कुनै मर्यादा राखेन, सत्ता पक्षको ठाउँमा आएका हुलहुज्जत गर्‍यो,’ पौडेलले भन्नुभयो, ‘कांग्रेसको अवरोधलाई हटाएर भएपनि संसद् बन्धक बनाउन दिँदैनौँ।’ उहाँले कांग्रेसलाई कमजोर नपारी देशमा लोकतन्त्र बलियो नहुने समेत जिकिर गर्नुभयो। उहाँले कांग्रेस संसद्मा अलोकतान्त्रिक रूपमा अगाडि बढेको दाबी गर्नुभयो। ‘कांग्रेसको भविष्य छैन’ उनले भने ‘आउने निर्वाचनमा कांग्रेसलाई प्रतिपक्षमा राख्छौँ।’

उपाध्यक्ष पौडेलले आगामी चुनावमा कांग्रेसलाई जसरी भएपनि परास्त पार्ने बताउनुभयो। उहाँले २०८४ को चुनावसम्म यही गठबन्धन रहने दाबी गर्नुभयो। ‘नेपाली कांग्रेस प्रतिपक्षमा बसेर निर्वाचन लडेको अनुभव धेरै छै’, उहाँले भन्नुभयो ‘यस पटक कांग्रेसलाई प्रतिपक्षमा राखेर आउने निर्वाचनमा हामीले बहुमत ल्याउँछौ।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू