अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१५ | Colorodo: 19:30

चीनसँग जोडिएका सातवटा नाका खुलाउनका लागि मिति तय भइसकेको छ : परराष्ट्रमन्त्री

बिआरटीनेपाल २०८१ जेठ १२ गते ६:२४ मा प्रकाशित

सङ्खुवासभास्थित चीनसँग जोडिएको किमाथांका नाका शनिबारदेखि पुनः सञ्चालनमा आएको छ। करिब चार वर्षपछि नाका पुनः सञ्चालनमा आएको उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो। किमाथांका नाका पुनः सञ्चालन औपचारिक कार्यक्रम सम्पन्न गरेर फर्केपछि शनिबार संखुवासभा आयोजित पत्रकार सम्मेलनमा श्रेष्ठले कूटनीतिक संवादपछि कोभिडका कारण बन्द भएको नाका खुलाउन सफल भएको बताउनुभयो।

चीनको छिन्ताङमा भएको कार्यक्रमका १४ वटै परम्परागत नाका खुल्ला गर्ने औपचारिक घोषणा भएको श्रेष्ठले बताउनुभयो। उहाँले तत्कालै सातवटा नाका खुला भइसकेको र अन्य सातवटा नाका खोल्नका लागि मिति तय भइसकेको धारणा राख्नुभयो। उहाँले चीन जाने नेपालीका लागि भिसा शुल्क निःशुल्क गर्ने सहमति भइ कार्यान्वयन नै भइसकेको जानकारी दिनुभयो।

चीन सरकारले कोभिड महामारीका कारण देखाउँदै किमाथांका नाका बन्द गरेको थियो। नेपालको उत्तरी क्षेत्रमा रहेका विभिन्न १४ वटा परम्परागत नाका पुनः सञ्चालनका लागि नेपाल र चीनबीच निरन्तर छलफल हुँदै आएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू