अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२७ | Colorodo: 19:42

नेपालमा पुष्टि भएकोे कोरोना भाइरसको नयाँ सब भेरियन्ट कडा छैन : विज्ञ

बिआरटीनेपाल २०८१ जेठ १२ गते ६:०९ मा प्रकाशित

नेपालमा पुष्टि भएकोे कोरोना भाइरसको नयाँ सब भेरियन्ट ‘केपी’ सङ्क्रामक भए पनि कडा खालको नभएको विज्ञले बताएका छन् । सरुवा रोग विशेषज्ञ डाक्टर सागर राजभण्डारीले अहिले देखिएको नयाँ भेरियन्ट मानिसमा चाँडो सरे पनि घातक नभएको बताउनुभयो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कोरोना भाइरस सङ्क्रमितमध्ये ४२ जना व्यक्तिको ‘जिन सिक्वेन्गिङ’ गर्दा ‘केपी डट १’ ‘केपी डट २’ ‘केपी डट ३’ र ‘केपी डट ४’ पुष्टि भएको थियो । यो प्रजातिको भेरियन्टले मानिसलाई लामो समयसम्म रुघाखोकी लगाउने भए पनि त्यति घातक नभएको तर दीर्घरोगी भएका बिरामीले सतर्कता अपनाउनु पर्ने डाक्टर राजभण्डारीले बताउनुभयो ।

कोरोनाका भेरियन्ट परिवर्तन भइरहने र पछि इन्फ्लुएन्जाको रुप लिन सक्ने भएकाले नियमित कोरोना भाइरसविरुद्धको खोप लगाउनुपर्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू