अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०७ | Colorodo: 03:22

भानु जन्मस्थललाई साहित्यिक र सांस्कृतिक गन्तव्यस्थल बनाउन पहल शुरु

बिआरटीनेपाल २०८१ जेठ १२ गते ५:५६ मा प्रकाशित

तनहुँको भानु नगरपालिकाको नेतृत्वमा नेपाली भाषाका आदिकवि भानुभक्तको आचार्यको जन्मथलो चुँदीरम्घालाई साहित्यिक र सांस्कृतिक गन्तव्यका रुपमा विकास गर्न पहल शुरु भएको छ । चुँदीरम्घालाई सप्तधामको रुपमा विकास गर्ने लक्ष्यसहित साहित्यिक उद्यान निर्माणलाई शुरु गरिएको भानु नगरपालिकाका मेयर आनन्दराज त्रिपाठीले बताउनुभयो ।

सिङ्गो नेपाललाई भाषाको माध्यमबाट जोड्ने आदिकवि भानुभक्त आचार्यको जन्मथलो ओझेलमा परेपछि यसलाई साहित्यिक पर्यटनको गन्तव्यस्थल बनाउने लक्ष्य राखिएको त्रिपाठीले बताउनुभयो । साहित्यिक उद्यानमा विभिन्न संरचना निर्माण गरिनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू