अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५९ | Colorodo: 23:14

पर्सिसम्म सूचना अधिकारी तोक्न विद्यालयहरुलाई काठमाण्डौ महानगरकाे निर्देशन

बिआरटीनेपाल २०८१ जेठ १२ गते ५:५२ मा प्रकाशित

काठमाण्डौ महानगरपालिकाले पर्सि सोमवारसम्म महानगरका सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई सूचना अधिकारी तोक्न निर्देशन दिएको छ । महानगरपालिकाको सञ्चार तथा सूचना ऐन, अनुसार महानगरले यही जेठ १४ गतेभित्र सूचना अधिकारी तोकेर जानकारी गराउन निर्देशन पनि दिएको छ ।

महानगरपालिकाको शिक्षा विभाग प्रमुख गोविन्दप्रसाद शर्माकाअनुसार महानगरले यसअघि पनि शैक्षिक सङ्घसंस्थालाई सूचना अधिकारी तोकेर विभागका पठाउन आग्रह गरेको तर महानगरको आग्रहअनुसार केही विद्यालयले मात्र सूचना अधिकारी तोकेको जानकारी प्राप्त भएकाले पुनः निर्देशन दिइएको हो ।

सूचना अधिकारी तोक्दा संस्थाको दोस्रो जिम्मेवारीमा रहेको व्यक्ति हुनुपर्नेछ । अहिले काठमाण्डौ महानगरपालिकामा ८७ वटा सामुदायिक र ६ सय वटा संस्थागत विद्यालय छन् । यसअघि महानगरपालिका क्षेत्रमा सञ्चालित सहकारीले सूचना अधिकारीको व्यवस्था गरी सहकारी विभागमा जानकारी गराएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू