अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२० | Colorodo: 19:35

संसदको गरिमा र ओझ खस्कँदै गएको छ : पूर्वसभामुख सापकोटा

बिआरटीनेपाल २०८१ जेठ १२ गते ५:४९ मा प्रकाशित

नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटाले संसदको गरिमा र ओझ खस्कँदै गएको बताउनुभएको छ । शनिबार काठमाडौंमा भएको नेपाल गणतान्त्रिक यातायात व्यवसायी संगठन वागमती प्रदेश समिति, काठमाडौंको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै पूर्वसभामुख सापकोटाले यस्तो बताउनुभएको हो ।

पूर्वसभामुख सापकोटाले संसदमा हुने वहस, छलफल, शब्द चयनहरु स्तरहिन, मर्यादाहिन भएको बताउनुभयो । संसद कुनैपनि देशको लोकतन्त्रको आत्मा, सुशासनको महत्वपूर्ण संवाहक भएपनि संसदमा राम्रोसँग संसदीय गतिविधिहरु सञ्चालन हुन नसकेको बताउनुभयो । उहाँले अहिले अराजकताको स्थिति, प्रियतावादको रुझान र अस्तव्यस्तता राष्ट्रिय परिस्थितिका रुपमा देखिएको बताउनुभयो । उहाँले आगामी आर्थिक वर्षको बजेट कुनैपनि रोकतोक बिना संसदमा प्रश्तुत हुनेमा आफू आशावादी रहेको बताउनुभयो । उहाँले अहिलेको राष्ट्रिय परिस्थिति जटिल र पेचिलो बन्दै गएको पनि बताउनुभयो ।

उपाध्यक्ष सापकोटाले देश अहिले छटपटि, उकुसमुकुस वातावरणमा रहेको बताउनुभयो । उहाँले देशमा विचारहीनको स्थिति सिर्जना भएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू